पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी पूरा, ३ हजार बढी धावक सहभागी हुने
रन फर रनमा करिव ७ हजार बढीको सहभागिता
पाेखरा | फागुन १, २०८१
पोखरा: १९ औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी पूरा भएको छ । नेपाल भूतपूर्व खेलाडी मञ्चले आज पत्रकार सम्मेलन गर्दै म्याराथनको तयारी पूरा भएको जानकारी दिएको हो ।
फागनु ३ गते हुने १९ औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथन विभिन्न विधामा करिव ३ हजार बढी धावकको सहभागिता हुने नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष दिल बहादुर गुरुङले जानकारी दिए ।
उनका अनुसार १९ औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथन पुरुषतर्फ २१ देशका ८० विदेशी धावकसहित १ सय ५० जना पुरुष र ८ जना महिलाको सहभागिता रहेको छ ।
यस्तै महिला हाफ म्याराथनमा १० देशका ४० धावक, हाफ म्याराथन पुरुषतर्फ १० विदेशी धावकसहित १ सय १० जनाको सहभागिता रहनेछन् ।
यस्तै १० किलोमिटर पुरुषतर्फ ११ देशका २ सय ११ धावक, १० किलोमिटर महिलातर्फ ११ देशका १ सय ९ जना धावक, भेन्ट्रान्स ५० वर्ष माथि ५ किलोमिटरतर्फ पुरुष÷महिला गरी ६० जना धावक र ५ किलोमिटर छात्रतर्फ १ हजार ४ सय ७० र छात्रातर्फ १ हजार २५ जना धावकको सहभागिता रहनेछन् ।
यस्तै रन फर रनमा करिव ७ हजार जनाको सहभागिता रहने नेपाल भूतपूर्व खेलाडी मञ्चले जनाएको छ । खुला म्याराथन र महिला हाफ म्याराथनमा चिप्सको प्रयोग गरिने मञ्चले जनाएको छ ।
पोखरा अन्तर्राष्ट्रिय म्याराथनको विजेताले ५ लाख, दोस्रोले ३ लाख र तेस्रोले २ लाख रुपैयाँ प्राप्त गर्नेछन्। आठौं स्थानकाले नगद पुरस्कार पाउनेछन् । जसमा सान्त्वना स्वरुप चौंथोले ३० हजार, पाँचौंले २५ हजार, छैटौंले २० हजार, सातौंले १५ हजार र आठौंले १० हजार रुपैयाँ पाउनेछन् ।
मञ्चले पा्खरा म्याराथन अन्तर्गत नै गत माघ २६ गते महिला÷ पुरुष ह्विलचियर तथा दृष्टिविहिन दौड प्रतियोगिता सम्पन्न गरि सकेको छ ।
मञ्चले प्रतियोगितामा मात्र कुल २१ लाख ३४ हजार रुपैयाँ खर्च हुने जानकारी दिएको छ । म्याराथनमा कुल १ करोड ८९ लाख खर्च हुने अनुमान रहेको आयोजकले जनाएको छ ।
काठमाडौं: नेकपा एमालेको जारी ११ औं महाधिवेशनमा सोमबार बिहान ८ बजेबाट भृकुटी मण्डपमा सुरु हुँदैछ । पार्टीको निर्वाचन आयोगले आइतबार साँझ प्रकाशन गरेको मतदाताको अन्तिम नामावलीमा अहिले बिहान ९ बजेसम्म ...
पाल्पा: शुक्रबार बिहान पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीबासमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ। दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने उपचारका क्रममा शनिनबार थ...
भक्तपुर: नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन शनिबार भक्तपुरको सल्लाघारस्थित मैदानमा भव्य रुपमा भएको छ । देशैभरबाट आएका एमालेका नेता तथा कार्यकर्ता एवम् शुभ...

